भाेजपुर (चैत्र १८)
यतिबेला विश्वभर फैलिएको कोरोना भाईरस (COVID 19) को कारण देशमा लकडाउनको अवस्था भईरहँदा उपलब्ध समयको सदुपयोग र शिक्षकहरुको पेशागत विकास घरमानै बसेर गर्ने उद्धेश्यले प्रविधिमैत्री शिक्षक समाज (प्रशिस STFT)नेपालको केन्द्रिय प्राविधिक समितिले अनलाईन मार्फत प्रविधिसंग सम्बन्धित तालिमको सुरुवात गरेको छ ।
गत चैत्र १५ गतेदेखि शुरवात भएकाे प्रशिक्षक प्रशिक्षण तालिम शिक्षकहरुद्वारा नै सहजीकरण भइरहेकाे छ । याे तालिम करीव १ महिना सम्म चल्ने र त्यसपश्चात पुन अन्य तालिमहरु सञ्चालन हुने जानकारी प्रशिस केन्द्रीय अध्यक्ष भूपति बस्यालले बताएका छन् ।
अनलाइनमा zoom meeting app मार्फत सञ्चालित उक्त तालिममा प्रशिस प्राविधिक समितिका ४५ र अन्य केन्द्रिय समितिका पदाधिकारी गरी ७५ जना भन्दा बढी शिक्षकहरु सहभागी रहेकाे बताउनुहुन्छ केन्द्रिय प्रविधिक समितिका संयोजक घनश्याम अधिकारी ।
आधुनिक सुचना प्रविधिको विकाससँगै प्रविधिकाे प्रयोग शिक्षा क्षेत्रमा पनि गर्नलाई शिक्षकहरु आफै सक्षम एवम् तयार हुनुपर्ने भएकाले पहिलो चरणमा संस्थासँग आवद्ध र नेतृत्व गर्ने ब्यक्तिको क्षमता वृद्धि गर्ने उद्धेश्यका साथ यस अनलाईन तालिमको सुरुवात गरिएको प्रशिस नेपालका परिकल्पनाकार एवम् केन्द्रिय अध्यक्ष भूपति बश्यालले बताएका छन ।
केन्द्रिय प्राविधिक समितिले निर्माण गरेको Teaching Phase र Pedagogical Phase गरि दुई भागमा बाडिएको पाठ्यक्रमा आधारित भएर तालिम सञ्चालन भइ रहने बताइएको छ । पाठ्यक्रमले डिजिटल समाग्री निर्माण, प्रयोग र त्यसको खोजी गरि कक्षाकोठा सम्म कसरी पु-याउने भन्ने सम्बन्धमा शिक्षकहरुलाई सक्षम तुल्याउने विश्वास लिएकाे बताइएकाे छ।
तेश्राे दिनसम्मकाे तालिममा सहभागीहरुकाे उत्साहजक उपस्थिति रहेकाे छ । तालिमबाट सहभागी शिक्षकहरुमा आपसमा सहयाेग सहकार्य अनि क्षमता अभिवृद्धिमा मद्दत पुगिरहेकाे बताउनुहुन्छ खाेटाङबाट सहभागीता जनाइरहनु भएका शिक्षक अभि सुवेदी ।