| परीक्षा लेख्दै विधार्थीहरु |
शैक्षिक वर्ष २०७१ सालको विद्यालय स्तरीय माध्यमिक तहका सबै कक्षाहरुको वार्षिक परीक्षा चैत्र–८ गतेबाट शूरुवात भएको छ । सानोदुम्मा माध्यमिक विद्यालयमा गत वर्ष हरु झैं यस वर्ष पनि निम्न माध्यमिक तह कक्षा–८ को अन्तिम परीक्षा सञ्चालनका लागि परीक्षा केन्द्र तोकिएको छ । सानोदुम्मा मा.वि. परीक्षा केन्द्रमा बालकल्याण नि.मा.वि., महादेवी नि.मा.वि. र सानोदुम्मा मा.वि. गरी तीन वटा विद्यालयहरुका कक्षा–८ का ५४ विद्यार्थीहरुले परीक्षा दिइ रहेका छन् । परीक्षामा सम्मिलित विद्यार्थीहरुका उत्तरपुस्तिकाहरु दैनिक रुपमा आपसमा एक्सचेन्ज हुने प्रवन्ध गरिएको छ । जसले गर्दा सम्बन्धित विद्यालयका शिक्षकले आफ्ना विद्यार्थीहरुको उत्तर पुस्तिका परीषण गर्न मिल्दैन । जिल्ला शिक्षा कार्यालय, भोजपुरको परीक्षा तालिकानुसार चैत्र १६ गते सम्म परीक्षा सञ्चालन हुनेछ ।
हाल परीक्षा तथा मूल्याङ्कन प्रणालीमा सुधार ल्याउन निम्न माध्यमिक तहको अन्तिम परीक्षा स्रोतकेन्द्र वा लिडर विद्यालयहरुमा सञ्चालन गर्ने नीति अख्तियार गरिएको छ ।